Thursday, March 14, 2013

रात

अन्धेरी रात थियो केही छिन्को बात् थियौ ! 
थियौ तिमी धेरै टाढा तर तिम्रो साथ थियो 

भूल्यौ होला तिम्ले सबै सम्जिन्छु मैले सधैं 
जाडो हुँदा न्यानो दिने तर तिम्रो हात थियो 

भाग्ने थियो तिम्रो बानी मैले हेर्दा तिमीलाई 
नजर लाग्दा लट्ठ हुन्थे तर तिम्रो मात थियो

मिठा मिठा कुरा सँगै लाज मानेनी हेरिदिने 
नक्कल धेरै मस्किदिने तर तिम्रो जात थियो

0 comments:

Post a Comment