Thursday, March 14, 2013

रात

अन्धेरी रात थियो केही छिन्को बात् थियौ ! 
थियौ तिमी धेरै टाढा तर तिम्रो साथ थियो 

भूल्यौ होला तिम्ले सबै सम्जिन्छु मैले सधैं 
जाडो हुँदा न्यानो दिने तर तिम्रो हात थियो 

भाग्ने थियो तिम्रो बानी मैले हेर्दा तिमीलाई 
नजर लाग्दा लट्ठ हुन्थे तर तिम्रो मात थियो

मिठा मिठा कुरा सँगै लाज मानेनी हेरिदिने 
नक्कल धेरै मस्किदिने तर तिम्रो जात थियो

माया

एउटा मुटु खोला वारी अर्को पारी भो 
अधुरो उन्को माया ज्यान्लाइ भारी भो

छट्पटिदां म यहाँ निद्रामा मस्त तिमी
सपनिमा जान्छु भन्दा मारा मारी भो
अधुरो उन्को माया ज्यान्लाइ भारी भो 

खोजेको तिम्रो साथ् नदिएनी केही छैन 
मेरो मन्को कथा थियो खेला चारी भो 
अधुरो उन्को माया ज्यान्लाइ भारी भो

तिमी टाढा होकी माया टाढा म देखी ?
उनी बिना जिन्दगीमा हा हा कारी भो
अधुरो उन्को माया ज्यान्लाइ भारी भो

फर्की गए हुन्छ

भो नआउ यता तेतैबाट फर्की गए हुन्छ 
दुनियाँले कुरा काट्लान तर्की गए हुन्छ

झुटो साथ् नदिएर सचो माया रोज्नुपर्छ 
खोजी एउटा जीवनसाथी लर्की गए हुन्छ
दुनियाँले कुरा काट्लान तर्की गए हुन्छ

रमाउनु तिमी सधैं दुखी रैछ कर्म मेरो 
खुरु खुरु आफ्नै बाटो मर्की गए हुन्छ 
दुनियाँले कुरा काट्लान तर्की गए हुन्छ

छिया छिया भाछ मुटु उपचार् नपाएर
तेही घाउमा नुन चुक छर्की गए हुन्छ
दुनियाँले कुरा काट्लान तर्की गए हुन्छ

तलमाथि गार्नुपर्छ गोरेटोमा कहिलेकाही
सोध्न सक्छन मेरै बारे झर्की गए हुन्छ
दुनियाँले कुरा काट्लान तर्की गए हुन्छ

माया

झल्किदैन पहरामा खसेको छ माया 
मुटु बिच मात्रै हुन्छ फसेको माया

खोसेर खोसिदैन तर्साएनी तर्सिदैन! 
नबद्लिने उनिसँग बसेको छ माया

माया

चोखो माया सम्हालेर राख्न सकिएन! 
आँखा लाग्दा दुनियाँको ढाक्न सकिएन 

वारी थियो मेरो मन पारी थियौ तिमी 
एक अर्कालाई देखेरनी डाक्न सकिएन
आँखा लाग्दा दुनियाँको ढाक्न सकिएन 

साथ छुट्दा जहाँ माया एक्लो हुनेरैछ
मन्दिरमा गई जीवन भाक्न सकिएन 
आँखा लाग्दा दुनियाँको ढाक्न सकिएन 
   by: Badal

जिन्दगी

फेरी आज आँखा फरफराउन लाग्यो 
पुरानो थियो घाऊ चरचराउन थाल्यो

स्पर्स थिएन केही अन्धेरी रात थियो 
अनाएसै मुटु मेरो थरथराउन लाग्यो 

यता न उताको जिन्दगी के जिन्दगी 
सोच्दा सोच्दै आसुँ बरबराउन थाल्यो

रुनु न हास्नु दोधारे भैदियो मनपनी 
छुदा दुख्ने यो मन परपराउन थाल्यो

यहाँ हुँदा म कहाँ होला साहारा मेरो
रुक्दा कदम पाइला लरबराउन थाल्यो


by :Badal Chhattri